logo
२०८१ बैशाख २० बिहीवार



बार अध्यक्षमा आठको उम्मेदवारी, घिमिरे र अधिकारीबीच प्रतिष्पर्धा

राष्ट्रिय |


बार अध्यक्षमा आठको उम्मेदवारी, घिमिरे र अधिकारीबीच प्रतिष्पर्धा


 

काठमाडौं, फागुन २४ गते । नेपाल बार एसोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि आठ जनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष चयनमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र प्रतिपक्षीबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता विश्वमणि अधिकारीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई रहनुभएको छ ।

त्यसैगरी सातै प्रदेशमा एक जना उपाध्यक्षका लागि पनि उम्मेदवारी दर्ता भएको छ । यीमध्ये प्रदेश एक उपाध्यक्षका लागि रोहित कुमार डाँगी, सुरज खत्री, मधेस प्रदेश उपाध्यक्षका लागि केशवप्रसाद दास, सुधीरकुमार कर्ण, वागमती प्रदेश उपाध्यक्षका लागि राजेन्द्र शर्मा, डिल्लीराम मैनाली, गणेश गिरी, हर्कबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

यता, गण्डकी प्रदेश उपाध्यक्षका लागि भुपेन्द्र खनाल, वीरेन्द्र केसी, लुम्विनी प्रदेश उपाध्यक्षका लागि वासुुदेव ज्ञवाली, पशुपति भण्डारी, महेन्द्रप्रसाद पाण्डेय, कर्णाली प्रदेश उपाध्यक्षका लागि विष्णुप्रसाद तिमिल्सिना, उत्तमप्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश उपाध्यक्षका लागि चंखबहादुर साउद, तुलाराम गिरी र महिला उपाध्यक्षका लागि रमा श्रेष्ठ, शान्ता पन्त, आशा राई, सानु शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

यता, एक जना महासचिव पदका लागि राधेश्याम सुवाल, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, वीरेन्द्रकुमार ठाकुर, उमेश प्रसाद, अन्जिता खनाल, इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्ष पदका लागि जगतबहादुर कार्की, गोविन्द उपाध्याय र भरतबहादुर राउतले उम्मेदवारी दर्ता गराएका छन् भने १४ जना सदस्यका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृत सानुभाई शाक्यले जानकारी दिनुभयो । बारले देशभरका ३५ वटा मतदान केन्द्रबाट निर्वाचन गरी २०७८ चैत १९ गते नयाँ कार्यसमिति गयन गर्ने शाक्यले जानकारी दिनुभयो । वारको निर्वाचन प्रकृया फागुन १० गते देखि शुरु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?