logo
२०८१ बैशाख १३ बिहीवार



काँग्रेसका लागि स्थानीय निर्वाचन परीक्षण हो : प्रवक्ता महत

राष्ट्रिय |
प्रदेश |


काँग्रेसका लागि स्थानीय निर्वाचन परीक्षण हो : प्रवक्ता महत


मधुसुधन तिमल्सिना
काभ्रे, फागुन २९ गते । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले संघ तथा प्रदेशको नतिजा आगामी स्थानीय निर्वाचनबाट निर्धारण हुने बताउनुभएको छ । “घर–घर जाउँ नेपाली काँग्रेस जिताऔं” अभियानको शुभारम्भ कार्यक्रममा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले काँग्रेसका लागि स्थानीय निर्वाचन अन्य चुनावको लागि परीक्षण हुने बताउनुभयो ।

“अहिले सरकार गठबन्धनको छ । आवश्यकता भएमा निर्वाचनसम्म पनि कायम हुनसक्छ” उहाँले भन्नुभयो, “अहिले पार्टी संगठन सुदृढिकरणसँगै निर्वाचनको तयारीस्वरुप अभियान सञ्चालन गरिएको छ ।” अभियानपछि पार्टीको अवस्था विश्लेषण गर्दै गठबन्धका विषयमा निर्णय गरिने उहाँको तर्क थियो ।

“काँग्रेसलाई पहिलो पार्टी बनाउने हाम्रो उद्देश्य हो । गठबन्धनबाट अथवा विना गठबन्धन कसरी हामी उद्देश्यमा पुग्न सक्छौं, त्यहीअनुरुप निर्णय लिन्छौं” उहाँले बताउनुभयो । निर्वाचन नजिकिएसँगै नेता कार्यकर्तालाई उम्मेदवारको टिकटभन्दा समग्र काग्रेसको भोट कसरी बृद्धि गर्न सकिन्छ भन्नेतिर लाग्न निर्देशन दिनुभयो ।

अर्को प्रसंगमा कम्युनिष्टहरुले फैलाएको झुटो अफवाहका कारण एमसीसीको गलत ढंगले व्याख्या भएको उहाँले टिप्पणी गर्नुभयो । कम्युनिष्टहरुले विकासभन्दा बढी हल्लाामत्र गर्ने गर्नेगरेको उहाँले आरोप लगाउनुभयो ।

केन्द्रीय सदस्य उर्मीला केसीले नेताहरु गाउँ केन्द्रीत हुनुपर्ने र त्यसको परिणाम निर्वाचनमा देखाउनु पर्ने बताउनुभयो । जिल्ला सभापति तीर्थ लामाले जिल्लाका १३५ वडामा भएको व्यवस्थापनका विषयमा जानकारी गराउनुभयो ।
नेपाली काँग्रेसका १४ औं अधिवेशनका समयमा पार्टीभित्र देखिएको गुटलाई समेत यो अभियानले साम्य पार्ने र निर्वाचनका समयमा नेता एकजुट हुने लक्ष्य रहेका काँग्रेस काभ्रेले जनाएको छ । फागनु २९ बाट शुरुभएको अभियान एक महिनासम्म सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?