logo
२०८१ बैशाख १५ शनिवार



एक्लै चुनाव लड्न नेतृत्वलाई भरोसा दिलाउनुपर्छ : महामन्त्री थापा

राष्ट्रिय |
राजनीति |
प्रदेश |


एक्लै चुनाव लड्न नेतृत्वलाई भरोसा दिलाउनुपर्छ : महामन्त्री थापा


गोविन्द शर्मा
बाँके, फागुन ३० गते । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आसन्न निर्वाचनमा पार्टीले एक्लै प्रतिष्पर्धा गर्नका लागि कार्यकर्ताले नेतृत्वलाई बिश्वास र भरोसा दिलाउनुपर्ने बताउनुभएको छ । “ब्यक्तिगतरुपमा म पनि गठबन्धन गरेर निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा छैन,” काँग्रेस बाँके क्षेत्र १ ले कोहलपुरमा आयोजना गरेको आमसभालाई सोमबार यहाँ सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो, “तपाई पार्टीका कार्यकर्ताले निर्वाचनमा पार्टीले एक्लै विजय हासिल गर्न सक्छ भन्ने भरोसा नेतृत्वलाई दिलाउनुहोस् ।”

महामन्त्री थापाले काँग्रेसभित्र गठबन्धन गर्नुपर्छ र एक्लै प्रतिष्पर्धामा जानुपर्छ भन्ने दुईथरीका मान्यता रहेको भन्दै पार्टीले गठबन्धनभन्दा पनि एक्लै विजय प्राप्त गर्छ भन्ने बिश्वास कार्यकर्तामा भएको बताउनुभयो । महामन्त्री थापाले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा भएको बताउनुभयो । एमसीसी सम्झौता गर्ने र संसदमा टेबुल गर्नेहरु नै अहिले यसको विरोधमा देखिनु केवल जनतामा भ्रम छर्ने काम मात्रै भएको उहाँको टिप्पणी छ ।

नेपालमा कम्युनिष्ट पार्टीहरुले भ्रमको राजनीति मात्रै गरिरहेको भन्दै उहाँले नेपालीहरु भ्रमबाट मुक्त हुन आवश्यक भएको बताउनुभयो । आगामी निर्वाचन जित्नका लागि काँग्रेसमा उच्चस्तरको एकता आवश्यक भएको बताउनुभयो ।

काँग्रेसको अवको मुद्दा रोजगारी र विकास प्रमुख भएको उहाँले बताउनुभयो । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरि, सञ्जय गौतम, प्रदेश सभापति मैकुलाल वाल्मीकी, लुम्विनी प्रदेश अध्यक्ष अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल, क्षेत्रीय सभापति पोषण केसीलगायतले बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?