logo
२०८१ बैशाख २६ बुधवार



मधेशको खुशीमा देशको खुशी नीहित छ : बरिष्ठ उपाध्यक्ष पोखरेल

राष्ट्रिय |
प्रदेश |


मधेशको खुशीमा देशको खुशी नीहित छ : बरिष्ठ उपाध्यक्ष पोखरेल


धर्बेन्द्र झा
धनुषा, फागुन ३० गते । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले तराई मधेशको खुशीमा देशको खुशी नीहित रहेको बताउनुभएको छ । एमाले धनुषाको सातौं जिल्ला अधिबेशनको उदघाटन समारोहलाई सोमबार यहाँ जनकपुरधाममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

मधेशमा रहेको भेदभाव र गरिवीविरुद्ध एमाले उभेको कारण अहिले मधेशमा एमालेमा प्रवेश गर्नेको लहर चलेको उहाँले विश्वास व्यक्त गर्नुभयो । एमाले जहिले मधेसको पक्षमा रहेको उहाँको भनाई छ । एमाले कुनै नेताको पार्टी नभएर जनताको पार्टी भएको भन्दै अब हुने तीनवटै निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने उहाँले दावी गर्नुभयो ।

तराई मधेशको नागरिकताको समस्या समाधानका लागि विगतमा एमाले नेतृत्वको सरकारले तत्परता देखाए पनि सरकार ढलेका कारण काम हुन नसकेको भन्दै नागरिकताको समस्या यथाशिघ्र समाधानका लागि सरकारसँग उहाँले माग गर्नुभयो । सरकार ढल्ने डरले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय स्वभिमानको विषयमा बोल्न नचाहेको उहाँले आरोप लगाउनुभयो ।

दुवै छिमेकी राष्ट्र भारत र चीनसँग एमालेले समान सुमधुर सम्बन्ध राख्न चाहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । एमालेको भाग्य र भविश्य जनतासँग जुडेको विषय भएकाले पार्टीको भाग्य र भविश्यसँग खेलवाड गर्ने अधिकार कुनै नेतामा नरहेको उहाँले चर्चा गर्नुभयो । संगठनात्मक अराजकता भएमा पार्टी समाप्त हुने भएकाले अवको एमाले संगठनात्मक अराजकताको खिलापमा खडा हुने बताउनुभयो ।

राजनीतिक स्थायित्व प्राप्त गर्नआउने दिनमा एमालेका नेता कार्यकर्ताले एकताबद्ध भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । धनुषा जिल्ला एमालेको अधारभूमि भएको भन्दै एमालेलाई मजवुत बनाउनमा यहाँका नेता कार्यकर्ताले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका सचिब रघुविर महासेठले एमाले मधेशमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेशका लागि दुईसय पचास वर्षमा हुन नसकेको काम साढे तीन वर्षमा गरेर देखाएको बताउनुभयो ।

एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको उदघाटनसत्रमा एमालेका पोलिटव्युरो सदस्य एवम मधेस प्रदेशका सहईन्चार्ज लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतोसहितका नेताहरुले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?