logo
२०८१ मंसिर ८ शनिवार



गोरखापत्रलाई डिजिटल युग सुहाउँदो सुधार गर्न आवश्यक : मन्त्री कार्की

राष्ट्रिय |


गोरखापत्रलाई डिजिटल युग सुहाउँदो सुधार गर्न आवश्यक : मन्त्री कार्की
तस्बिर : सुजन गुरूङ्ग 


धुलिखेल चैत १ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गेरखापत्रलाई डिजिटल युग सुहाउँदो हुने गरी सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ ।
गोरखापत्र संस्थानले काभ्रेको धुलिखेलमा आयोजना गरेको डिजिटल आर्काइभ कायशालाको उद्घाटनका अवबसरमा सो कुरा बताउनुभएको हो ।
मन्त्री कार्कीले भन्नुभयो, ‘गोरखापत्रका सम्पूर्णप्रति वैज्ञानिक रुपमा सुरक्षित गर्नु आवश्यक छ साथै यसलाई सर्वसाधरण समक्ष सहज रुपमा पु-याउन आवश्यक छ ।’
उहाँले नेपाली पत्रकारिताको गौरबशाली संस्था र मुलुकको जेठो अखबार भएकाले यसमा नेपालको सिंगो इतिहास जोडिएकाे र यसको संरक्षण जरुरी रहेको बताउनुभयो ।
गोरखापत्र संस्थानका कर्मचारीले व्यबसायिक र जिम्मेवार भएर काम गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री कार्कीले भन्नुभयो, गोरखापत्रमा प्रकाशित सामग्री तस्बीर संग्रह गर्न योजनावद्धरुपमा काम गर्नुपर्छ ।
सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी गोरखापत्र संस्थान नेपाली पत्रकारिताको वैभवशाली संस्था भएको र यसका प्रकाशनलाई डिजिटल युगको माग अनुसारका बनाउनु पर्ने बताउनुभयो ।
सोही अबसरमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिबकुमार भट्टराईले अहिलेको युगमा यसका प्रकशनहरुलाई डिजिटल प्रविधिमा सुरक्षित राख्नु पर्ने बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?