logo
२०८१ मंसिर ८ शनिवार



राप्रपाको स्थानीय निर्वाचन निर्देशिका पारित

उम्मेदवार टुंगो लगाउन जिम्मेवारी बाँडियो

राष्ट्रिय |
राजनीति |


राप्रपाको स्थानीय निर्वाचन निर्देशिका पारित
फाइल तस्बिर


काठमाडौं, चैत २ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन सम्बन्धी निर्देशिका पारित गरेको छ। बुधबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले महामन्त्री भुवन पाठकले प्रस्तुत गर्नुभएको स्थानीय निर्वाचन सम्बन्धी निर्देशिका–२०७८ पारित गरेको हो।

राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार बैठकले महामन्त्री एवम् एवम् स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पाठकले प्रस्तुत गर्नुभएको निर्देशिका पारित गरेको हो।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा केही निर्णय गरेको छ। बैठकले केन्द्रीय, प्रदेश, जिल्ला, संघीय संसद र स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ।

उम्मेदवार छनोटका लागि राप्रपाले मापदण्ड बनाएको हो। वडा तहका उम्मेदवारको टुंगो जिल्ला अध्यक्षको संयोजकत्वमा गठित समितिले लगाउने छ।

नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुंगो भने सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उमेदवार छनोट समितिले लगाउने छ। त्यसैगरी उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख, उपप्रमुख बन्ने उम्मेदवारको टुंगो केन्द्रले लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

बैठकले चैत २८ गते ७७ वटै जिल्लामा जनताको माझमा राप्रपा घरदैलो, आमसभा, कोणसभा, आफ्नो टोलमा पुगौं कार्यक्रमको शुभारम्भ गर्दैछ । जसका लागि केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय बैठकले गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?