logo
२०८१ बैशाख १३ बिहीवार



होली मिलन समारोहमा चुनावकै चर्चा

राष्ट्रिय |
प्रदेश |


होली मिलन समारोहमा चुनावकै चर्चा



जीबछ यादव
लाहान, चैत ३ गते । हर्ष उल्लास सामाजिक एकता र सद्भावको पर्वको रुपमा रहेको होली पर्वको अवसरमा यस वर्ष आयोजना गरिएको होली मिलन समारोहहरुमा बढी चुनावकै चर्चा भएको छ ।

लाहान नगरुपालिका वडा नम्बर –७ मा नेकपा एमाले वडा कमिटीले आयोजना गरेको होली मिलन समारोहमा चुनावको तयारी र जीत हासिल गर्ने बारे नै चर्चा भयो ।
प्रमुख अतिथि सिराहा–१ का प्रदेशसभा सदस्य तथा नेकपा एमाले सल्लाहकार समितिका सदस्य लगनलाल चौधरीले बैशाख ३० गते हुने चुनावमा हुने जीत नै असली होली हुने बताउनुभयो । समाजको समृद्धि विकाससँगै समाजमा न्याय र समानता स्थापित हुन सके मात्रै वास्तविक होली हुने भन्दै चुनवको तयारीमा लाग्न सबैसँग आग्रह गर्नुभयो । लहान नगरप्रमुख मुनि साहले होली मिलन समारोहलाई सम्बोधनको क्रममा हाम्रो लाहान, समृद्ध लहाानको अभियान पूर्ण रुपमा सफल गर्नुु नै लहानको लागि खुसयाली र होली हुनेमा जोड दिनुभयो ।

यता, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले होली मिलन समारोहलाई नवराजपुुर गाउँपालिकामा होली मिलन समारोहलाई सम्बमोधन गर्दै बैशाख ३० गते हुने निर्वाचनमा नेपाली काँग्रसलाई जिताउन सके मात्रै देशमा लोकतन्त्रको स्थायीत्व र समाजमा विकास हुने बताउनुभयो ।

यस वर्षको होलीले स्थानीय चुनावको लागि माहोल बनाउने पर्वको रुपमा देखिएकोले जिल्लामा नेपाली काँग्रेस,नेकपा एमाले, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र होलीको शुभकामना आदान प्रदान र चुनावको तयारीमा लागि सकेको मानवअधिकारवादी देवराज पोखरेलले बताउनुभयो । होली पर्व सकिने वित्तिकै स्थानीय चुनावको लागि वडा, गाँउपालिका, नगरपालिकाको उपयुक्त उम्मेदबार छनौटको लागि सक्रियतापूर्वक लाग्ने दलका नेताहरुले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?