logo
२०८१ बैशाख २७ बिहीवार



तोकेकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ : गृहमन्त्री खाँण

राष्ट्रिय |
प्रदेश |


तोकेकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ : गृहमन्त्री खाँण


नारद कोहार
तौलिहवा, चैत ३ गते । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ । नेपाली काँग्रेस बाणगंगा नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रयत्नशील रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैको सहयोगले निर्वाचन सम्पन्न हुन्छ भन्ने हामी विश्वस्त छौं ।’ निर्वाचनमा अहिलेसम्म भाग नलिएका दलहरुले पनि भाग लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाँणले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका दललाई पनि मूलधारमा आउन आग्रह गर्नुभयो । लोकतन्त्रलाई सबल पार्ने, जनताको हक अधिकारलाई जनतामाझ पु्र्याउन निर्वाचनको मुल दायित्व रहेको उहाँले बताउनुभयो । स्थानिय निर्वाचनले नगरपालिका, गाँउपालिकाहरुको निर्वाचन र निर्वाचित हुने जनप्रतिनिधिले विकासलाई तिब्रता दिनु हुनेछ उहाँले बताउनुभयो ।

राजनीतिक रुपमा कतिपय मुद्दाहरुमा असहमति हुनसक्छ, आफ्ना फरक र पृथक धारणाहरु हुन सक्छन्, त्यसलाई नेपाली काँग्रेसले सदैव सम्मान गर्दैआएको छ उहाँले भन्नुभयो । नेपाल बहुल्य भाषा, संस्कृति, जात, धर्म भएको देश भएकाले विविधतालाई एकताको केन्द्रविन्दुमा स्थापित गर्नुपरेको गृहमन्त्री खाँणले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मुलुक सबैको साझा भएकोले नेपालीहरु बलियो हुन जरुरी छ ।’ नेपालीको समृद्धि र विकास भयो भने नेपाल पनि विकसित मुलुक हुने उहाँले बताउनुभयो ।

काँग्रेसले अंगिकार गरिरहेको राष्ट्रियता, लोकतन्त्र र समाजबाद, नागरिक अधिकार, मानवअधिकार, स्वातन्त्र पत्रकारितालगायतका मुलभुत विषयमा काँग्रेसले कसैसँग सम्झौता नगर्ने गृहमन्त्री खाँणले बताउनुभयो । काँग्रेस बलियो भयो भने नेपालमा लोकतन्त्र सुदृढ र सबल हुने उहाँले बताउनुभयो ।

अमेरिकी सहयोग परियोजना एमसीसी विकास आयोजना भएको तर्कगर्दै यो सम्झौता लागू हुँदैमा नेपाली भूमिमा अमेरिकी सेना नआउने बताउनुभयो । असंलग्न परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले एमसीसी सम्झौता पारित हुँदैमा कुनै देश सशंकित हुनु नपर्ने गृहमन्त्री खाँणले बताउनुभयो । एमसीसी देशको गरीवि निवारण, रोजगरीको विकास र भौतिक निर्माणको लागि एउटा परियोजना रहेको उहाँले बताउनुभयो ।

गृहमन्त्री खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी) पास हुँदैमा अमेरिकाबाट विजुलीको तारमा सेना नेपाल नआउने बताउनुभयो । अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन उहाँले आग्रह गर्नुभयो ।
काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलबस्तु प्रतिनिभि सभा
क्षेत्र नं. ३ का सदस्य अभिषेक प्रताप शाह, प्रतिनिधि सभा सदस्य, अतहर कमाल, पार्टी सभापति अब्दुल कलाम खाँ, पूर्व पार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?