logo
२०८१ मंसिर ८ शनिवार



संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

राष्ट्रिय |


संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको  सुनुवाइ हुँदै


काठमाडौँ, चैत ४ गते । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको विरुद्धको मुद्दामा आजकाे संबैधानिक इजलासमा पेसी तोकिएको छ ।
सर्वोच्च अदालतकाे आजको पेसीसूचीमा सो मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको जनाइएको छ ।
संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पाैडेलले बताउनुभयाे । तत्कालीन नेकपाभित्रको आन्तरिक विवादका कारण संवैधानिक अयोगका पदाधिकारीको नियुक्तिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि ओली नेतृत्वको सरकारले संवैधानिक परिषद ऐन अध्यादेशमार्फत परिवर्तन गरी उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न मिल्ने प्रावधान राखी सो नियुक्तिको सिफारिस गरेको थियो ।

। संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?