काठमाडौँ, चैत ५ गते । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ ।
घरबाट निस्कने फोहोर पानी (ब्लैक वाटर) खोलाको छेउमा निर्माण गरिएका ढलमार्फत प्रशोधन केन्द्रमा सङ्कलन गरी त्यहाँबाट प्रशोधन गरेर पुनः खोलामा प्रवाह गरिन्छ । काठमाडौँ उपत्यकामा खानेपानीको प्रयोगपछि झन्डै ८० प्रतिशत पानी फोहोर पानीका रूपमा उत्सर्जन भई नदी तथा खोलामा मिसिने गर्छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रमा दैनिक तीन करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ । अन्य केन्द्रहरूको निर्माण प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक तथा प्रवक्ता लोकेन्द्र यादवले धोवीघाटको फोहोर पानी प्रशोधन केन्द्रको भौतिक पूर्वाधार निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । धोवीघाटमा दुईवटा प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । यी केन्द्रले दैनिक सात करोड ४० लाख फोहोर पानी प्रशोधन गर्न सक्छन् । यादवका अनुसार यस प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक उपकरणहरू जडानका क्रममा रहेका छन् । यसै आर्थिक वर्षभित्र उक्त केन्द्र सञ्चालनमा ल्याउने तयारी छ । यहाँका हरेक प्रशोधन केन्द्रको क्षमता प्रतिदिन तीन करोड ७४ मिलियन लिटर रहेको छ ।
त्यसैगरी सल्लाघारीमा निर्माणाधीन ढल प्रशोधन केन्द्रको दैनिक क्षमता एक करोड ४२ लाख लिटर, बालकुमारी ढल प्रशोधन केन्द्रको एक करोड ७५ लाख लिटर रहेको छ । भक्तपुरको हनुमानघाट र काठमाडौँको गोकर्णमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि खरिद प्रक्रिया सुरु भइसकेको उपनिर्देशक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार हनुमानघाट र गोकर्ण केन्द्रबाट दैनिक क्रमशः १० लाख र ३० लाख लिटर फोहोर पानी प्रशोधन गरिने छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा वर्षाको पानी व्यवस्थापन योजना सुरु भएको छ ।
उहाँका अनुसार काठमाडौँ उपत्यकाका काठमाडौँबाट काम खोज्दै भरतपुर आएका कुमारी परियार पनि अहिले यही फोहोरमा मोहोर कमाउन लाग्नुभएको छ । “कामका लागि धेरै ठाउँ डुलियो तर नपाएपछि यो फोहोरमा आउन बाध्य भएको हो तर अहिले यहीँ बस्दा काम गर्दा यतैको कमाइले खुसी छु”, उहाँले भन्नुभयो । त्यही कमाइले परिवार पाल्न सहज भएको उहाँ बताउनुहुन्छ ।
फोहोरमा कवाडी जम्मा गरेर बिक्री गर्न पनि उहाँहरूलाई सहज छैन । कवाडी बेच्दा एजेन्टले खाने कमिसन र फोहोर बोकेर आउँदा ट्याक्टर वा टिप्पर चालकले माग्ने पैसाले आफूहरूलाई समस्या भएको उनीहरूको गुनासो छ । “अहिले त फोहोर बोकेको टिप्परकै चालकले पाँच सय रुपियाँ माग्छ । अनि प्रत्येक कवाडीको किलोमा दुई तीन रुपियाँ ऐजेन्टले कमिसन खान्छ”, कवाडी सङ्कलन गर्नेमध्येका एकले नाम नबताउने भन्दै भने, “के गर्ने यो कुरा बाहिर भन्यो भने भोलिबाट यहाँ कवाडी उठाउन पनि पाइँदैन ।”
कार्टुन, प्लास्टिक र बोतल प्रतिकिलो १० रुपियाँमा बिक्री हुन्छ । त्यसमा प्रतिकिलो दुई रुपियाँ एजेन्टले कमिसन खाने गरेका छन् । फलाम, तामाको तार एवं बिग्रिएका मोबाइल सेट पाएमा मात्रै उनीहरूले बढी पैसा कमाउन पाउँछन् । सनिस भन्नुहुन्छ, “खाडी मुलुक नै गएर तातो घाममा काम गर्नेले पनि कति नै पो कमाउन सक्छन् र ? त्योभन्दा बढी त हामीले यहीँ कमाइरहेका छौँ ।”