logo
२०८१ बैशाख १५ शनिवार



शिक्षकले छात्रामाथि हातपात गरेको आरोप : विद्यार्थीले गरे आगजनी र तोडफोड

राष्ट्रिय |


शिक्षकले छात्रामाथि हातपात गरेको आरोप : विद्यार्थीले गरे आगजनी र तोडफोड


हरि कोइराला

उर्लाबारी, चैत ६ गते। आफ्नै गुरुले छात्रामाथि हातपात गरेको आरोप लगाउँदै विद्यार्थीले आइतबार मोरङको शिक्षा विकास माविमा आक्रोश व्यक्त गरेका छन्।

विद्यालयबाट घर जाँदै गरेकी मोरङको लेटाङ–८ जाँते माविकी १२ वर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै लेटाङ–५ को शिक्षा विकास मावि तनावग्रस्त भएको हो। कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई सोही विद्यालयका शिक्षकले जबरजस्ती प्रयास गरेपछि विद्यार्थी उत्तेजित भएका हुन्।

स्थानीयले शुक्रबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले बालिकाको घर मै गएर करणी प्रयास गरेको आरोप लगाएका छन्। घरमा कोही नभएको मौकामा पुगेका शिक्षक पौडेलले जवरजस्ती प्रयास गर्दा किशोरी चिच्याएपछि उनी त्यहाँबाट भागेको स्थानीयको आरोप छ। लेटाङ –३ घर भएका शिक्षक पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन्।

यसअघिसमेत पौडेललाई अभिभावक र विद्यालय प्रशासनले यस्ता घटना नगर्न चेतावनी दिएका थिए। तर, शिक्षक पौडेलमाथि पटकपटक आरोप लाग्दासमेत कारबाही नभएको भन्दै आइतबार विद्यार्थीले आक्रोश व्यक्त गरेका हुन्।

पीडित बालिकाका अभिभावकले आइतबार विद्यालय प्रशासनमा कुरा राखेपछि विद्यार्थी आक्रोशित भएका हुन्। आक्रोशित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन्।

विद्यार्थीले विद्यालय परिसरमा आक्रोश व्यक्त गरेपछि आरोपित शिक्षकलाई प्रहरीको सुरक्षा घेरामा राखिएको थियो। विद्यार्थी आक्रोशित भएपछि प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर शिक्षकलाई उद्धार गरेको थियो। आरोपित शिक्षकलाई उद्धार गर्न एम्बुलेन्स ल्याएको भन्दै विद्यार्थीले एम्बुलेन्समा समेत ढुंगामुढा गरेका छन्।

विद्यार्थीको भीड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो। विद्यार्थीसँगको झडपमा परेर प्रहरी जवान रेणु यादव घाइते हुनुभएको छ। प्रदर्शनका क्रममा घाइते भएका चार विद्यार्थीलाई अस्पताल पठाइएको छ। विद्यालयका प्रधानाध्यापक भने घटनापछि सम्पर्कबिहीन भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?