logo
२०८१ बैशाख १३ बिहीवार



चुरे जोगिए मात्रै मधेस जोगिन्छ : मन्त्री यादव

राष्ट्रिय |
राजनीति |


चुरे जोगिए मात्रै मधेस जोगिन्छ : मन्त्री यादव
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव । तस्बिरः जीबछ


जीबछ यादव
लहान, चैत ८ गते । मेधस प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री राम सरोज यादवले चुरे जोगिए मात्रै मधेस जोगिने बताउनुभएको छ । ३० औं विश्व पानी दिवसको अवरमा लहानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।

केही वर्ष अगाडि हरियाली देखिने चुरे नाङ्गो भएको भन्दै उहाँले यसको संरक्षणमा जोड दिनुभयो । मधेसको जीवन चुरेमा निर्भर भएकोले चुरेको संरक्षण नभए मधेसमा खानेपानीको अभाव हुने मन्त्री यादवको भनाइ छ ।

उहाँले चुरे संरक्षण गर्न तिनै तहका ससरकारले साझा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । मन्त्री यादवले चुरे संरक्षणका लागि भारत सरकारसँगसमेत समन्वय हुनुपर्नेसमेत उल्लेख गर्नुभएको छ । ‘मधेस प्रदेश भारतको बिहार र उत्तर प्रदेशसँगसमेत जोडिएकोले चुरेको संरक्षण गर्न भारत सरकारँग समेत समन्वय गरेर अघि बढ्नु आवश्यक छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा भूमिगत सिंचाई डिभिजन कार्यालय सिरहाका प्रमुख सुदर्शन अधिकारी र इन्जिनियर कविन्द्र पुडासैनीले भूमिगत जलश्रोतको चुनौतीमा हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

लहान, धनगडीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकामा देखिएको खानेपानीको समस्या समाधान गर्न स्थानीय तहको बजेटले मात्रै सम्भव नदेखिएकोले प्रदेश र संघीय ससरकारबाट आउने बजेटसमेत एकीकृत गरेर खानेपानीको समस्या समाधान हुनुपर्नेमा कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?