logo
२०८१ बैशाख १४ शुक्रवार



सरकार तत्काल परिवर्तन हुँदैन : अध्यक्ष नेपाल

राष्ट्रिय |
प्रदेश |


सरकार तत्काल परिवर्तन हुँदैन : अध्यक्ष नेपाल


धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत १० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सरकार तत्काल परिवर्तन नहुने बताउनुभएको छ । बिहीबार जनकपुर आउनुभएका उहाँले सञ्चारकर्मीसँगको भेटमा सो कुरा बताउनुभयो ।

सरकार परिवर्तन हुँदैन, उहाँले भन्नुभयो, “सामान्य फेरबदल हुनसक्छ । मन्त्रीमा सामान्य फेरबदल भने हुन सक्छ ।” स्थानीय तहको चुनावमा एमालेसँग गठबन्धनको सम्भावना नरहेको उहाँले प्रष्ट पार्नुभयो । एमालेको छुद्र बोली अभिव्यक्ति व्यवहारका कारण चुनावमा गठबन्धनको कल्पनासम्म नगरेको उहाँको भनाइ छ ।

पार्टीको मधेस प्रदेशस्तरीय बिस्तारित बैठकमा सहभागी हुन यहाँ आउनुभएका अध्यक्ष नेपालले अहिलेको गठबन्धन सरकार विभिन्न तहमा क्रियाशील रहेको र क्रियाशील रहिरहने बताउनुभयो । अहिलेकै सरकारले निर्वाचन गराउँछ उहाँले भन्नुभयो, “चुनावी सिटमा कसरी तालमेल गर्ने सम्बन्धमा पनि छलफल चलिरहेको छ । विचारमा विविधता छ तर नेतृत्वमा एउटा सामन्जस्य छ ।”

हाम्रो पार्टी गठबन्धनमा के हुन्छ भनेर चिन्ता गरेर चल्ने पार्टी होइन उहाँले भन्नुभयो, “प्रत्येक पार्टी आफनो शक्ति र सामथ्र्यको आधारमा आवश्यकता महशुस गर्छ भने वीन–वीनको आधारमा सबैको उचित मर्यादा, उचित स्थान, सम्मान दिएर मिलेर जान सकिन्छ ।” अरुको सम्मान गर्ने र आफनो पनि सम्मान खोज्ने हिसाबले अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?