logo
२०८१ मंसिर ८ शनिवार



पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

राष्ट्रिय |


पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
फाइल तस्बिर


काठमाडौं, चैत १० गते। नाबालिग बलात्कार आरोपमा हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

बिहीबार थुनछेक बहस सकिएपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

बलात्कार आरोपको मतियारब नेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छोड्न आदेश दिइएको छ। नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो ।

जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट बिहीबार अदालतमा बहस भएको थियो । प्रतिवादीका तर्फबाट १२ कानुन व्यवसायीले बहस गरेका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिनुभयो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?