logo
२०८१ बैशाख ८ शनिवार



आर्थिक उन्नतिका लागि एमाले जित्नु पर्छ : अध्यक्ष ओली

राष्ट्रिय |
राजनीति |
प्रदेश |


आर्थिक उन्नतिका लागि एमाले जित्नु पर्छ : अध्यक्ष ओली


जानु पाण्डे
कपिलवस्तु चैत १४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतिका लागि आवश्यक रहेको बताउनु भएको छ । एमाले कपिलवस्तुद्वारा आयोजित पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा सोमबार यहाँ अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।

एमाले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास भई सम्वृद्धि कायम हुन्छ उहाँले भन्नुभयो । एमाले जितेमा देशलाई डिजिटल नेपाल निर्माण गर्ने उहाँको भनाई छ । अरुको बैसाखी टेकेका दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उहाँले दावी गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर चलाएको दावी गर्नुभयो । हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, देशमा तुईन विस्थापनजस्ता विकासको काम आफू नेतृत्वको सरकारले गरेको उहाँले बताउनुभयो ।

कपिलवस्तु उद्योग, प्रर्यटन, कृषिको क्षेत्रमा प्रयाप्त सम्भावना भएको जिल्ला भएको बताउनुभयो । जिल्लाको विकासका लागि खानेपानी, सिँचाईको योजना सम्पन्न हुनुपर्ने बताउनुभयो ।

एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले एमालेको खवरदारीकै कारण स्थानीय तहको निर्वाचन हुन गइरहेको बताउनुभयो । स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन कसैसँग तागत नभएको उहाँले दाबी गर्नुभयो ।

एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीको परिकल्पनाअनुसार मुलुकको विकास हुने विश्वास व्यक्त गर्नुभयो । सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको विश्वास बढेको बताउनुभयो ।

एमालेमा प्रवेश गर्नुभएका संघीय सांसद वृजेशकुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको बताउनुभयो । गुप्ता सँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म वहादुरलाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका १ का वडाध्यक्ष सुदिप पौडेल, वडा ४ का वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा ६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका ८ का अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा पार्टी प्रवेश गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?