logo
२०८० चैत्र १६ शुक्रवार



जयनगर–कुर्था  रेलकाे शनिबार उद्घाटन

राष्ट्रिय |
प्रदेश |


जयनगर–कुर्था  रेलकाे शनिबार उद्घाटन


धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत १५ गते । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअलमार्फत नेपाल रेल सेवाको उद्घाटन गरिने मिति तय भएको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट यही १९ गते शनिबार उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो ।

तीनदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्नुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा शुक्रबार प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

जगजयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले रेलसम्बन्धी अध्यादेश ल्याएपछि उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले जानकारी दिनुभयो । यसअघि दोस्रो अध्यादेश निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अडचन पनि खडा भएको थियो ।

गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । ड्राई रनको सफलता पश्चात रेल सेवा उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?