logo
२०८१ बैशाख १४ शुक्रवार



नेपाल मुद्रण क्षेत्रमा आत्मानिर्भर बन्ने छः मन्त्री कार्की

राष्ट्रिय |


नेपाल मुद्रण क्षेत्रमा आत्मानिर्भर बन्ने छः मन्त्री कार्की


मधुसुधन तिमल्सिना/केदार तिमल्सिना
काभ्रे, चैत १५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेद्रबहादुर कार्कीले स्वदेशमा नै आधुनिक प्रविधियुक्त सुरक्षण मुद्रण छापाखाना स्थापनाले मुलुकलाई मुद्रण क्षेत्रमा आत्मानिर्भर बनाउने विश्वास लिएको बताउनुभएको छ ।
काभ्रेको पनौती नगरपालिका वडा न ५ मा बन्न लागेको बहुउद्दश्ीय सुरक्षण मुद्रण केन्द्र भवनको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै मन्त्री कार्कीले सुरक्षण छापाखाना सञ्चालनमा आएसँगै मुद्रण क्षेत्रमा मुलुक आत्मानिर्भर हुने सरकारले विश्वास लिएको छ, भन्नुभयो ।
“पासपोर्ट, बैङक नोट, बैङक कार्ड र अन्तःशुल्क स्टिकर जस्ता सुरक्षण मुद्रण कार्यका लागि विदेशी संस्थामा निर्भर हुनुपर्ने अवस्था रहेको बताउनुहुँदै मन्त्री कार्कीले, छापाखाना स्थापना भए पश्चात यसले राष्ट्रिय उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सहित विदेशबाट आयात भइरहेको सुरक्षण मुद्रण सामग्रीहरुको आयात प्रतिस्थापनमा सहयोग पुग्ने र त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने छ, भन्नुभयो । ”
उहाँले नेपाल सरकारले सुरक्षण मुद्रणलाई उच्च प्राथमिकता दिइ बजेट, कार्यक्रममा समावेश गर्दै आएको बताउनुहुँदै १५ औं आवधिक योजना तथा विभिन्न वक्तव्यहरुले नीतिगत, कानूनी तथा संस्थागत संरचना मार्फत भौतिक पूर्वधार विकास तथा मानव संशाधन विकास गरी सुरक्षण मुद्रण स्थापना गर्ने बिषय समावेश गरेको बताउनुभयो ।
उहाँले सुरक्षण मुद्रण केन्द्रलाई द्रुतगतिमा सुरक्षण छपाईको कार्य अगाडि बढाउन मन्त्रालयको टिमलाई निर्र्देश गर्नुभयो । उहाँले त्यसका लागि आवश्यक पर्ने सहयोग, समन्वय र सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिनुभयो ।
उहाँले छापाखाना सञ्चालमा आएपछि राष्ट्रिय महत्वका गोप्य सूचनाहरुको डाटावेश स्वदेशमा नै सुरक्षित रहने बताउनुहुँदै हाल विदेशमा भण्डार गर्नुपर्ने बाध्यताको अन्त्य र दुरुपयोगको सम्भावना समेत नरहने बताउनुभयो ।
कतिपय भवन शिलान्यास भएर पनि विविध कारणले अलपत्र पर्ने गरेका घट्नाहरुको स्मरण गर्नुहुँदै उहाँले सुरक्षण मुद्रण केन्द्र समय मै सम्पन्न गर्न आफूले गर्नुपर्ने सहयोग, समन्वय र निर्देशन रहने छ, भन्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सुरक्षण मुद्रण केन्द्रको काम समय मै सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले छिटो भन्दा छिटो मुद्रण छापाखाना सञ्चालन गर्ने तयारीमा मन्त्रालय रहेको बताउनुहुँदै मुद्रण छपाईका लागि चाहिने आवश्यक उच्च स्तरको जनशक्ति व्यवस्थापन र जनशक्ति लागि चाहिने तालिम लगायतमा आवश्यक बिषयमा मन्त्रालयले काम अगाडि बढाएको बताउनुभयो ।
सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेलले उक्त भवन निर्माण पश्चात सुरक्षण मुद्रण सामग्री भण्डारको लागि गोदामको रुपमा र सुरक्षण मुद्रण सम्बन्धी उपकरण जडान गर्न सकिने बताउनुभयो । संविधान सभा सदस्य तीर्थ लामा, पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले नेपाल सरकार कै गौरवको उक्त आयोजना छिटो सक्नुपर्नेमा जोड्दिनुहुँदै त्यसका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेका छौँ, भन्नुभयो ।
२०७९ कात्तिममा सम्पन्न गर्ने लक्ष्य लिइएको बहुउद्दश्ीय सुरक्षण मुद्रण केन्द्र भवन ३५ करोड लागत लाग्ने सुरक्षण मुद्रण विकास समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?