काठमाडौं, चैत १६ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बबरमहलस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे समितिको बैठक बस्न लागेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।
बैठकमा स्थानीय तह निर्वाचनको रणनीतिबारे छलफल हुने उहाँले बताउनुभयो । साथै, उहाँले पार्टीको आन्तरिक सङ्गठनका विषयमा पनि बैठकमा छलफल हुने जानकारी दिनुभयो ।