logo
२०८१ मंसिर ७ शुक्रवार



मुलुकको विकास र समृद्धिका लागि एमालेको सरकार: ओली

राष्ट्रिय |
प्रदेश |


मुलुकको विकास र समृद्धिका लागि एमालेको सरकार: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्बिर – कमल शर्मा


कमल शर्मा
दैलेख, चैत १७ गते । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि नेकपा (एमाले) नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभएको छ । जुम्लाको सिंजा र कालिकोटको आमसभामा सहभागी हुन जाने क्रममा दैलेखमा पार्टी कार्यकर्ता भेटघाटमा उहाँले उक्त कुरा बताउनुभएको छ ।

उहाँले आफू प्रधानमन्त्री भएको बेला विकास र समृद्धि देख्न नसक्ने शक्तिले आफूलाई अदालत गएर हटाएको आरोप लगाउनुभयो । उहाँले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण आफ्नै नेतृत्वको सरकारले सुरु गरेको बताउँदै त्यसको उत्खनन छिटै हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय जिएमआर कम्पनीले लगानी जुटाउन नसकेको भए पनि अब भने छिटै निर्माण हुन्छ ।’

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले गरेका राम्रा काम जनताका बीचमा राखेर लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदरमुकामदेखि पालिकासम्म जोड्ने सडक कालोपत्रे गर्न शिलान्यास गरेको भए पनि अहिलेको सरकारले काम गर्ने क्षमता नभएर सबै योजना काटेको आरोप लगाउँदै पुनः एमालेको सरकार आए काम अगाडि बढाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?