logo
२०८१ बैशाख २७ बिहीवार



विराटनगरमा डेरा बसेकै घरमा डाक्टरको शव भेटियो

राष्ट्रिय |


विराटनगरमा डेरा बसेकै घरमा डाक्टरको शव भेटियो
तस्बिर: गोकुल पराजुली


विराटनगर, चैत १९ गते। विराटनगरस्थित नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा कार्यरत डाक्टर विजय यादवको शव फेला परेको छ। विराटनगर–४ अस्पताल नजिकै डेरा बस्ने डा. यादवको शव आँगनमा भेटिएको हो।

सप्तरीको राजविराज घर भएर विराटनगरमा बस्दै आउनुभएका २८ वर्षीय डा. विजय यादवको अन्यत्रै हत्या गरेर आँगनमा लगेर छोडिदिएको आशंका गरिएको छ। यद्यपि प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको र अहिलेसम्म घटनाको बारेमा प्रहरीले धारणा सार्वजनिक गरेको छैन।

डाक्टर यादव नोबेल अस्पतालमा तीन वर्षदेखि कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ। उहाँ अर्थापेडिक वार्डमा कार्यरत हुनुहुन्थ्यो। बङगालेशबाट एमबीबीएस गरेर फर्केपछि उहाँले नोबेलमा काम थाल्नुभएको परिवारले जनाएको छ।

मृतकका आफन्त तथा मेडिकल कलेजका विद्यार्थीले घटनाको छानबिन गर्न र दोषीलाई कारवाही गर्न माग गर्दै नाराबाजी गरिरहेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?