logo
२०८० चैत्र १५ बिहीवार



म्यादी भर्नाको नाममा ठगी गर्ने पक्राउ

राष्ट्रिय |


म्यादी भर्नाको नाममा ठगी गर्ने पक्राउ


जनार्जन खत्री
सर्लाही, चैत १९ गते। म्यादी प्रहरीमा भर्ना गराइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउने एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। चन्द्रनगर गाउँपालिका–७, का ३१ वर्षीय दीपेन्द्र चौधरीलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो। मलङ्गवा पुगेर चौधरीले विभिन्न व्यक्तिसँग म्यादीमा भर्ना गराइदिने भन्दै पाँचदेखि सात हजार रुपियाँसम्म उठाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

चौधरीमाथि अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो। शुक्रबार चौधरीलाई सात दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गर्दैछ। सर्लाहीमा सर्लाहीमा तीन हजार ८८ जना म्यादी प्रहरी माग गरिएकोमा १० हजार ५६५ जनाको आवेदन परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?