logo
२०८१ बैशाख १२ बुधवार



कृषकलाई उत्पादनमुखी हुन पूर्व अर्थमन्त्री पाण्डेको सुझाव

राष्ट्रिय |
प्रदेश |


कृषकलाई उत्पादनमुखी हुन पूर्व अर्थमन्त्री पाण्डेको सुझाव


बिष्णुप्रसाद पोखरेल
दमक, चैत २० गते । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले खेतीयाग्य जमिन बेचेर बैंकमा पैसा राख्ने र त्यसको ब्याजबाट जीवन चलाउने सोचाईबाट मुक्त भएर उत्पादनमुखी हुन सुझाव दिनुभएको छ । शनिवारदेखि शुरु भएको ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ को अन्तिम दिन आईतवार भएको छलफलमा उहाँले सो कुरा बताउनुभयो । जागिर खाने, ब्याज खाने र भाडा खाने चलनलाई त्याग्नुपर्ने उहाँको सुझाव छ ।

योजनाबद्ध काम गर्ने संस्कृतिको कमी रहेको जनाउँदै अहिले पनि योजनासहित काम गर्दा उत्पादनको क्षेत्रमा अथाह सम्भवाना रहेको उहाँले बताउनुभयो । सहकारीले उत्पादन क्षेत्रमा धेरै काम गर्न सक्छ, उहाँले भन्नुभयो । यसैगरी प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री ओमप्रकाश सरावगीले आर्थिक उन्नतिमा सहकारीको योगदान रहेको बताउनुभयो । सहकारी क्षेत्रका समस्या समाधान गर्न आफुहरु तयार रहेको पनि उहाँले बताउनुभयो ।

सरावगीले सहकारी क्षेत्रलाई उत्पादन क्षेत्रमा लाग्न अनुरोध गर्दै यसका लागि प्रदेश सरकार सहजीकरण गर्न सधै तत्पर रहेको बताउनुभयो । सहकारीलाई ब्यवसायिक बनाउन उहाँले जोड दिनुभयो ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालकाअनुसार दूई दिने झापा को–अपरेटिभ सम्मेलन आईतवार ९ बुदे झापा घोषणापत्र जारी गर्दै सकिएको छ । सहकारीमा विद्यमान समस्याहरु समाधानका उपाय बिषयमा आफुहरु केन्द्रित रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?