logo
२०८१ बैशाख १४ शुक्रवार



चार वटा सडक योजनाको शिलान्यास

राष्ट्रिय |
प्रदेश |


चार वटा सडक योजनाको शिलान्यास


देवराम प्रसाद यादव
सप्तरी, चैत २० गते । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसी लगायतप्रति भइरहेको विभेदविरूद्ध सडक र संसद दुबै ठाउँबाट लडाइँ गर्नुपर्ने बताउनुभएको छ । सप्तरीमा आइतबार सडक योजनाको शिलान्यास गर्नुहुँदै अध्यक्ष यादवले सो कुरा बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले सबै जनतालाई समान अधिकार र व्यवहारको वतावरण नबनेसम्म नयाँ नेपाल नबने बताउनुभयो ।

अध्यक्ष यादवले आइतबार एकै दिन सप्तरीमा चार वटा सडक निर्माण योजनाको शिलान्यास गर्नुभयो । निर्वाचन क्षेत्र २ मा थप दुई सडक र क्षेत्र १ मा दुुई वटा सडकको शिलान्यास प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष यादवले गर्नुभयो ।

सडकको कूल बजेट ५४ करोड ६३ लाख हजार ७ सय ५१ रुपियाँ रहेकोमा रमण जे.एस. आइभी कन्सट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपियाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको बताइएको छ ।

यस्तै संघीय सरकारको रणनीतिक सडक अन्तर्गत कूल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह–डाढा, पकरी सडक खण्डलाई समेत भारदहमा पूजापाठ गरी शिलान्यास गर्नुभयो । राजविराजदेखि भारदहसम्म दुुई लेनको रुपमा विकास गरिने जसपा केन्द्रीय सदस्य अशोक यादवले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?