logo
२०८१ बैशाख २१ शुक्रवार



राखेपाका तत्कालीन सदस्य सचिव सिलवालको रिट सर्वोच्चद्वारा खारेज

राष्ट्रिय |
खेलकुद |


राखेपाका तत्कालीन सदस्य सचिव सिलवालको रिट सर्वोच्चद्वारा खारेज


काठमाडौं, चैत २२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्तकालीन सदस्य सचिव रमेश सिलवालले आफूलाई बर्खास्त गरिएकाे विरूध्द दायर गर्नुभएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालले दायर गर्नुभएको रिट खारेज गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध गत मङ्सिर २१ गते सिलवालले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो । गत कात्तिक १ गते बसेको मन्त्रिपरिषको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
सिलवाल २०७६ असार २३ गते पहिलो पटक राखेप सदस्य सचिव नियुक्त हुनुभएको थियो । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन १२ गते पुनः नियुक्त गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?