logo
२०८१ बैशाख १४ शुक्रवार



नागरिक स्वास्थ्य सेवा केन्द्रकाे ऊर्जामन्त्री भुसालद्वारा उद्घाटन

राष्ट्रिय |
समाज |


नागरिक स्वास्थ्य सेवा केन्द्रकाे ऊर्जामन्त्री भुसालद्वारा उद्घाटन
अक्षयकोषका लागि सहयोग हस्तान्तरण गर्नुहुँदै ऊर्जामन्त्री, तस्विर–रवीन्द् महर्जनकाे फेसबुकबाट साभार


ललितपुर, चैत २४ गते। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र थेरापी सेन्टरको सुरुवात गर्नुभएकाे छ । ललितपुर महानगरपालिका, खोकनामा बिहीबार आयोजित एक कार्यक्रममा उहाँले वडावासीको स्वास्थ्योपचार सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

उहाँले नेपालमा सबैभन्दा पहिला विद्युत उपयाेग गरेकाे खाेकनाबासीकाे ध्यान तान्दै उहाँले समयकाे माग अनुसार आवश्यक विद्युत्, सडक एवं सिंचाइलगायतमा निरन्तर पहल गरिरहेको धारणा राख्नुभयाे ।

कोभिड–१९ सङ्क्रमणको महाविपत्तिका समयमा पनि वडाले जनस्वाथ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले नागरिकको स्वास्थ्यमा ध्यान दिन वडाका जनप्रतिनिधिलाई अनुराेध गर्नुभयाे ।

मन्त्री भुसालले भनिन्, 'तोरीको तेलका कारण चिनिने खोकनामा तोरी पेल्ने मिल, सम्पदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्न वडा सक्षम भएको छ ।” जनताको घरआँगनमै स्थानीय सरकारले जनतालाई महत्वपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराएर वडाले सराहनीय कार्य गरेको छ।'

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले आफ्ना वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा रुद्रायणी पञ्चताल गुठीलाई अक्षयकोषका लागि पाँच लाख रूपियाँको सहयोग ऊर्जामन्त्री भुसालले हस्तान्तरण गर्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?