logo
२०८२ जेष्ठ २५ शनिवार



अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३० जना घाइते

राष्ट्रिय |


अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३० जना घाइते
दुर्घटनाग्रस्त बस ।


गणेश खनाल
अर्घाखाँची, चैत २५ गते। सन्धिखर्क नगरपालिका– २ भलाडाँडामा शुक्रबार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

प्युठानको स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली हुँदै पोखरा जाँदै गरेको ग २ ख ६८० नम्बरको बस दुर्घटना हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभयो।

घाइते सबैको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइराखेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?