logo
२०८१ जेष्ठ ५ शनिवार



घोषणापत्रमा देशको न्यायिक क्षेत्रको विषय समावेश छ : एमाले अध्यक्ष ओली

राष्ट्रिय |


घोषणापत्रमा देशको न्यायिक क्षेत्रको विषय समावेश छ  : एमाले अध्यक्ष ओली


काठमाडौं, चैत २५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणापत्रमा देशको न्याय क्षेत्र कस्तो, कति स्वतन्त्र र निष्पक्ष छ भन्ने विषय समावेश गरिएको बताउनुभएको छ । कालान्तरमा न्याय क्षेत्रको अध्ययन कसैले गर्छ भन्ने त्यो एमालेले न्याय क्षेत्रको विषय पाठ्य सामाग्रीकोरुपमा तयार गर्ने उहाँले बताउनुभयो ।

नेपाल बार एशोसियशनको निर्वाचनबारे बोल्नुहुदै एमाले अध्यक्ष ओलीले यो हार स्वभाविक भएको समेत स्वीकार्नुभयो ।  यस्तै गठबन्धनको सरकार स्वार्थको आधारमा भएको टिप्पणी गर्नुहुदै उहाँले वैशाख ३० र त्यसपछिको चुनावको परिणाम बेग्लै रहने बताउनुभयाे ।

‘त्यो बेग्लै बनाउन लाग्नपर्छ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो महाधिवेशनमा सम्बोधन गर्नुहुदै उहाँले भन्नुभयो, कर्मचारीको हैसियतले सरकारलाई साथ, सहयोग दिनपर्छ तर मानिस पोलिटिकल क्रियशन हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?