logo
२०८१ जेष्ठ ३ बिहीवार



हुम्लामा भूमि आयोगको कार्यालय स्थापना

राष्ट्रिय |


हुम्लामा भूमि आयोगको कार्यालय स्थापना


राजन रावत
हुुम्ला, चैत २६ गते । जिल्लामा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना भएको छ । सरकारबाट नियुक्त अध्यक्ष र सदस्य जिल्लामा आइपुग्नुभएपछि एक कार्यक्रमको आयोजना गरी कार्यालय स्थापना गरिएको हो ।

भूमि आयोग हुम्लाका अध्यक्ष चन्द्रबहादुर बुढाले कार्यालय स्थापना गर्ने कार्य भए पनि अन्य व्यवस्थापन गर्ने कार्य भने बाँकी रहेको बताउनुभयो । अध्यक्ष बुढा एक दिन अगाडि पैदलमार्गबाट सदरमुकाम सिमकोट आइपुग्नुभएको हो । उहाँले अब कार्यालय स्थापना भएको र कार्यालयले गर्ने भूमिसम्बन्धी कार्य तत्काल अगाडि बढाउने बताउनुभयो । उहाँका अनुसार अब आयोगको पहिलो काम जिल्लाभरि रहेका भूमिविहीनहरुको लगत संकलन गर्ने र त्यसपछि भूमि उपलब्ध गराउने कार्य अगाडि बढ्नेछ ।

कार्यालय स्थापनासँगै अध्यक्ष बुढाले कार्यभार  सम्हाल्नुभएको छ । कार्यालय स्थापना कार्यक्रममा अर्का सदस्य वर्खबहादुर शाहीको पनि उपस्थिति थियो भने महिला सदस्यको अनुपस्थिति थियो । साथै प्रमुख जिल्ला अधिकारी सीता परियार, सुरक्षा निकाय प्रमुख, राजनीतिक दलहरुको उपस्थिति थियो । आयोगको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?