logo
२०८१ बैशाख १७ सोमवार



सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

राष्ट्रिय |
राजनीति |


सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी
पत्रकार सम्मेलनमा सहभागी जसपा नेता ।


अविनाश चौधरी
धनगढी, चैत २६ गते। जनता समाजवादी पार्टी, सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिममा गठबन्धनका तीन ठूला दलले सहमति र सहकार्यको विश्वासघात गरेको आरोप लगाएको छ। केन्द्रमा भएको गठबन्धनको मूल मर्मलाई प्रदेशमा लागू गर्ने सहमति रहे पनि सुदूरपश्चिम प्रदेशमा जसपालाई बाइपास गरेर प्रदेश सरकार विस्तार भएको जसपाको आरोप छ।

गठबन्धनका तीन ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसले धोका दिएको जसपाको ठहर छ।

गठबन्धनका ठूला पार्टीको व्यवहारले जसपाको आत्मसम्मानमा चोट पुगेकाले अब प्रदेशमा गठबन्धनमा बसिरहनुको औचित्य नरहेको जसपा प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले बताउनुभयो। उहाँले प्रदेशको हकमा अब गठबन्धनमा नरहने र सुदूरपश्चिम प्रदेश सभामा पनि आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताउनुभयो।

‘हाम्रो पार्टीलाई यहाँ अपमान गरिएको छ। हामीले अपमान महसुस गरेका छौं,’ उहाँले भन्नुभयो। सुदूरपश्चिम प्रदेश सभामा जसपाको एक जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?