logo
२०८१ बैशाख २४ सोमवार



त्रिपन्न लाखको स्वास्थ्य बीमा

राष्ट्रिय |


त्रिपन्न लाखको स्वास्थ्य बीमा


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २७ गते । जनस्वास्थ्य सुलभ बनाउन सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । गत २०७२ देखि हालसम्म नेपालमा स्वास्थ्य बीमा गर्ने कुल बिमितको सङ्ख्या ५३ लाख पुगेको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ५३ लाख चार हजार २७० जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । ७७ जिल्लामा विस्तार भएको स्वास्थ्य बीमामा १५ लाख आठ हजार ५१४ परिवारले सेवा लिएका छन् । सबैभन्दा बढी प्रदेश १ मा ३७ प्रतिशत र सबैभन्दा कम मधेस प्रदेशमा ४.९३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध छन् । त्यस्तै छ लाख ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन् । स्वास्थ्य बीमा गराएका व्यक्तिले उक्त बीमाको नवीकरण अनलाइनबाटै गर्न सक्ने भएका छन् । यसअघि स्वास्थ्य बीमा नवीकरण गर्न दर्ता सहयोगीको आवश्यकता पथ्र्याे । स्वास्थ्य बीमा बोर्डले बीमा सुरु भएको छैटौँ वर्ष पुगेको अवसरमा व्यक्ति आफैँले बीमा नवीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सुरुमा कनेक्ट आईपीएस र खल्ती एपबाट यो सुविधा लिन सकिने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?