logo
२०८१ बैशाख १७ सोमवार



नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल डोल्पामा

राष्ट्रिय |


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल डोल्पामा



विष्णुप्रसाद देवकोटा
डोल्पा, चैत २७ गते । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल डोल्पा आइपुग्नुभएको छ । डोल्पामा आयोजना हुन लागेको बृहत आमसभालाई सम्बोधन गर्न नेपाल डोल्पा आइपुग्नुभएको हो ।

अध्यक्ष नेपालसहित नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला, पर्यटनमन्त्री प्रेमबहादुर आले र पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढा डोल्पा पुग्नुभएको हो ।

आइतबार सदरमुकाम दुनैमा आयोजना हुन लागेको बृहत आमसभालाई सम्बोधन गर्न जिल्ला आउनुभएको केन्द्रीय सदस्य हंसबहादुर शाहीले बताउनुभयो ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सदरमुकाम दुनैमा आयोजना गरिएको जनसभालाई अध्यक्ष नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

आइतबार दिउँसो १ बजेबाट हुने कार्यक्रम हुने र कार्यक्रममा चर्चित कार्यक्रम इन्द्रेणीका कलाकारहरु जिल्ला पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?