logo
२०८० चैत्र १६ शुक्रवार



बस दुर्घटनामा सत्रको मृत्यु

अन्तर्राष्ट्रिय |


बस दुर्घटनामा सत्रको मृत्यु


    
आदिसअबाबा, चैत २७ गते । इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर अरु केही घाइते भएका छन् ।    
    
यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटनामा परेको यहाँ सो राज्यको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसले आफ्नो क्षमताभन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो । त्यसमा के कति जना थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन ।    
    
प्रहरीले दुर्घटनाको अरु पनि केही कारण छ कि भनेर अनुसन्धान सुरु गरेको बताएको छ । सोही क्षेत्रमा गएको मंगलबार पनि बस र ट्याक्सी आपसमा जुधेर भएको दुर्घटनामा परी छ जनाको ज्यान गएको थियो भने अरु पाँच जना घाइते भएका थिए ।    

उक्त ओमरिया राज्यको अदाबा जिल्लामा केही समय यतादेखि दुर्घटना बढेको भन्दै प्रहरीले अनुसन्धान थालेको यहाँका यातायात अधिकारीहरुले जानकारी दिएका छन् ।    
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?