logo
२०८१ बैशाख १७ सोमवार



जीपी फ़ाउण्डेशनद्वारा आइटी इन्टरप्रिनरसीप कार्यशाला आयोजना

राष्ट्रिय |


जीपी फ़ाउण्डेशनद्वारा आइटी इन्टरप्रिनरसीप कार्यशाला आयोजना


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २७ गते । गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनद्वारा आयोजित आइटी इन्टरप्रीनरसीप र लिडरसीप बिषयक तीन दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशाला गोष्ठी समापन समारोहका पूर्व उपप्रधानमन्त्री एबम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले प्रजातन्त्र तथा शान्तिको स्थापनाका लागि गिरिजा बाबुले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । फ़ाउण्डेशनले राखेको आइटी इन्टरप्रीनरसीप र लिडरसीप कार्यक्रम समय सान्दर्भिक रहेको बताउनुभयो । वर्तमानमा सबै कुरा प्रबिधिमा निर्भर रहेकाले सहभागी बिद्यार्थीलार्इ तालिममा सिकेको विषयलाई मनन गर्दै थप सृजनशील हुन आग्रह गर्नुभयो।

गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले फाउन्डेशनले विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद तथा बिबिध अनुसन्धानमुलक क्रियाकलप गर्दैआइरहेको उहाँले चर्चा गर्नुभयो । सोही निरन्तरता दिनेक्रममा आइटी र स्वरोजगारी सम्बन्धी कार्यशाला आयोजना गरेको बताउनुभयो।

कार्यक्रमको उदघाटन समारोहका प्रमुख अतिथि पूर्व बिज्ञान तथा प्रबिधि मन्त्री मानबहादुर बिश्वकर्माले गिरिजा बाबुले आर्थिक उदारीकरणको नीति लागु गरेपछि देशमा धेरै शैक्षिक संस्थाहरु, स्वास्थ्य सस्थाहरु एबम उद्योग कलकारखाना खुलेको बताउनुभयो । त्यसले रोजगारीका अवसर सिर्जना भएको उहाँको भनाई छ ।

अहिलेको समय बिज्ञान र प्रविधिको युग भएकाले गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनले आयोजना गरेको आइटीसँग सम्बन्धित कार्यशाला गोष्ठीले युवा विद्यार्थीलाई लाभ हुने बिश्वास ब्यक्त गर्नुभयो। सो अवसरमा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. राम थपलियाले गिरिजा बाबुसँग आफुले लामोसँग काम गरेको स्मरण गर्नुभयो । उहाँमा प्रबिधिप्रति बिशेष रुचि रहेको जनाउँदै युवाको सशक्तिकरणका लागि गिरिजाप्रसाद कोइरालाको कार्यकाल स्मरणीय रहेको बताउनु भयो।

गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनका रिसर्च डिरेक्टर डा. तारा बन्जाडेले फ़ाउण्डेशनले आयोजना गरेको त्रिदिवसीय कार्यशाला गोष्ठीले बिधार्थीलाई आइटी र स्वरोजगारीको बिषयमा नयाँ दिशा तय गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो। सो कार्यक्रममा विभिन्न कलेजबाट सहभागी विद्यार्थीलाई विभिन्न विधाका बिषय बिज्ञले तालिम प्रदान गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?