logo
२०८१ बैशाख १७ सोमवार



एमाले एकतावद्ध पार्टी हो : महासचिव पोखरेल

राष्ट्रिय |


एमाले एकतावद्ध पार्टी हो : महासचिव पोखरेल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २७ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हरेक निर्वाचनमा जनमतको परिणाम बदलिरहने हुनाले आगामी निर्वाचनमा पनि जनमतअनुसार नै परिणाम आउने बताउनुभएको छ । एमाले प्रचार विभागद्वारा आज यहाँ आयोजित प्रचार भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

विचार, संगठन र राजनीतिक हिसावले सबैभन्दा एकतावद्ध पार्टी एमाले रहेकाले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने उहाँले दावी गर्नुभयो । एमाले जनप्रतिनिधि तहमा विभाजित नभई नेता तहमा विभाजित भएकाले आगामी निर्वाचनमा खास फरक नपर्ने उहाँले चर्चा गर्नुभयो ।

समृद्धिको अभियानको सुरुवात यसअघिको एमाले नेतृत्वको सरकारले गरेकाले त्यसलाई अभियानका रुपमा अगाडि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचनको प्रचारका लागि एमाले अभियानकै रुपमा अघि बढिसकेकाले परिणाम राम्रो आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पार्टी प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तह निर्वाचनको परिणामबाटै केही दलको अस्तित्व मेटिने उहाँले दावी गर्नुभयो । आगामी निर्वाचनमा पहिलो पार्टी फेरि एमाले नै हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायतले धारणा राख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?