logo
२०८१ बैशाख २१ शुक्रवार



बेरुजु फर्छ्‍यौटमा प्रहरी अगाडि

राष्ट्रिय |


बेरुजु फर्छ्‍यौटमा प्रहरी अगाडि


काठमाडौँ, चैत २८ गते । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा नेपाल प्रहरीले प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गरेको छ । प्रहरीले आर्थिक बर्ष २०७६–०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले १० हजार रुपियाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गर्नुभयो ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आर्थिक बर्ष २०७६–०७७ सम्मको कूल बेरुजु रकममध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो । बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा विगत चारवटा आर्थिक बर्षदेखि निरन्तररुपमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुँदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?