logo
२०८१ बैशाख ४ मंगलवार



नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान अध्यक्षमा शेर्पा नियुक्त

राष्ट्रिय |
पर्यटन |


नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान अध्यक्षमा शेर्पा नियुक्त


काठमाडौं, चैत २९ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी)को अध्यक्षमा वाङदी छिरिङ शेर्पालाई नियुक्त गरेको छ । पर्वतीय प्रशिक्षण सम्बन्धी काम गर्न मन्त्रालयले स्थापना गरेको एकेडेमीमा कार्यकारी निर्देशक र थप तीन जना बोर्ड सदस्य नियुक्त गरेकाे हाे।

मन्त्रालयको चैत २४ गतेको निर्णयले एकेडेमीको कार्यकारी निर्देशकमा रुद्रप्रसाद चापागाईं, बोर्ड सदस्यमा निमा टि शेर्पा, निमादोर्ची शेर्पा र मिङमा दोर्ची शेर्पालाई चार वर्षका लागि नियुक्त गरेको हो । अध्यक्ष शेर्पासहितले मंगलबार एकेडेमी पुगेर पदभार सम्हाल्ने कार्यक्रम तय भएको एकेडेमीका प्रसाशकीय प्रमुख उत्तम भट्टराईले जानकारी दिनुभयो ।

विश्वमै पहिलो पटक हिमाल अध्ययनसँग सम्बन्धित रहेर एकेडेमीले त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर चार वर्ष अघिदेखि स्नातक र स्नाताेकोत्तर तह विषयको अध्ययन शुरु भैसकेकाे छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?