logo
२०८१ बैशाख ८ शनिवार



पार्टीमा जसले टिकट पाए पनि जित्ने काँग्रेसले हो : नेता गच्छदार

राष्ट्रिय |
प्रदेश |


पार्टीमा जसले टिकट पाए पनि जित्ने काँग्रेसले हो : नेता गच्छदार


जयकृष्ण यादव
इनरुवा, चैत २९ गते । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेस सुनसरीले ‘घरघर जाऔं, काँग्रेस जिताऔंं’ अभियानको अन्तिम दिन जिल्ला भेला सम्पन्न गरेको छ । काँग्रेसले जिल्लाको १२ स्थानीय तहको १२४ वटै वडामा पार्टीको सम्पर्क र पार्टी कार्यालय स्थापनादेखि टोल तथा वडा भेला कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला उम्मेदबारका आकाक्षीहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको पार्टी जिल्ला सचिव विरेन्द्र साहले जानकारी दिनुभयो । कार्यक्रममा प्रत्येक क्षेत्र र पालिकाबाट पार्टीको ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सफल पार्ने काम भएको बताइएको छ । विगतमा ९ स्थानीय तह जितेकोमा यसपाली सबै क्षेत्र जित्नेगरी तयारी भएको काँग्रेसले दावी गरेको छ ।

काँग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीको जोकोही नेताले टिकट पाएपनि काँग्रेंसले नै जित्ने बताउनुभयो । टिकट कसले पायो भन्दा पार्टीलाई कसरी मजबुत बनाउने र जिताउने भन्नेमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । काँग्रेंस सुनसरी पार्टी कार्यालयमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्नुहुदै गच्छदारले पार्टीमा एक पद एक उम्मेदबारको नीति रहेकाले चित्त नदुखाउन आग्रह गर्नुभयो ।

काँग्रेंसका केन्द्रिय सदस्य राजिव कोईराला, संघीय सासद सिताराम मेहता, प्रदेश सांसद ताहिर मियाँ, सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरुको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?