logo
२०८१ बैशाख १६ आईतवार



प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन जरुरी छ: वरिष्ठ नेता पौडेल

राष्ट्रिय |


प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन जरुरी छ: वरिष्ठ नेता पौडेल



अमरराज नहर्की
तनहुँ, चैत ३० गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन कायम राख्न जरुरी रहेको बताउनुभएको छ । बुधबार व्यास नगरपालिकाको ३० औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

‘सत्ताको लागि हैन, लोकतन्त्रको र परिवर्तनको रक्षा गर्न प्रतिगमनलाई बलियो बनाउन नदिन गठबन्धन गरिएको हो’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । लोकतन्त्रको रक्षा गर्न परिवर्तनको रक्षा गर्न लोकतन्त्रको मूल्य र मान्यताको बाटोमा देशलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर संविधान मिच्ने र प्रतिगमनको पाइला चालिएको आरोप लगाउँदै फेरि पनि प्राप्त उपलब्धिलाई मिच्ने जोखिम भएकाले गठबन्धन आवश्यकतामा जोड दिनुभयो ।

देश ठीक ठाउँमा हुन राजनीति ठीक ठाउँमा हनुपर्ने उल्लेख गर्दै उहाँले सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सही ठाउँमा राख्न आफूले ध्यान दिएको बताउनुभयो । देशलाई जिताउने क्रममा आफूले हार्नुपरेको पौडेलको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेलगायतले गठबन्धनको शक्तिले सरकार परिवर्तन भएको र आगामी नेतृत्वको लागि पनि गठबन्धन आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?