logo
२०८१ बैशाख १५ शनिवार



तीर्थाटनमा गएका व्यक्तिको डुबेर मृत्यु

राष्ट्रिय |


तीर्थाटनमा गएका व्यक्तिको डुबेर मृत्यु
मृतक वेदप्रसाद भण्डारी ।


शिवराज ढुंगाना
अछाम, चैत २९ गते। तीर्थाटनमा गएका मंगलसेन नगरपालिका निवासी एक व्यक्तिको नदीमा नुहाउने क्रममा बुधबार दिउँसो डुबेर मृत्यु भएको छ। मंगलसेन नगरपालिका–६ का ५२ वर्षीय वेदप्रसाद भण्डारीको बुढीगंगामा नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो।

कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा डुबेर भण्डारीको मृत्यु भएको अछाम प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। भण्डारीलाई बचाउन गएका दुई जना सामान्य घाइते भएका छन्।

गाउँका ३० जना भन्दा बढी मंगलबार तीर्थाटनमा गएका थिए। अस्तु सेलाउने क्रममा मंगलसेन–३ लाछिमनाका एक युवक चैत ३ गते सोही ठाउँमा डुबेर मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?