logo
२०८१ बैशाख २४ सोमवार



ईपीएस परीक्षाफल आज सार्वजनिक

राष्ट्रिय |
समाज |


ईपीएस परीक्षाफल आज सार्वजनिक


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १३ गते । सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम (रिजल्ट) शुक्रबार सार्वजनिक गरिने छ । गएको जेठ २५ र २६ गते भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम सार्वजनिक गरिने भएको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले भाषा परीक्षाको परिणाम तयार गरेर शुक्रबार बिहान पठाउने र त्यो आउनेवित्तिकै वेबसाइटमार्फत सार्वजनिक गरिने छ । सो शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले कोरिया भाषाको परीक्षाफल शुक्रबार वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिनुभयो ।

शाखाका अनुसार दुई दिनसम्म दुई/दुई सिफ्ट गरेर सञ्चालन गरिएको परीक्षाका ९२ हजार ३५६ जना परीक्षार्थीले आवेदन दिएकोमा ८४ हजार १४१ जनाले परीक्षा दिएका छन् । सन् २०२० मा कोरियाको कृषि र सेवा क्षेत्रमा काम गर्न त्यहाँको मानव संसाधन विभागले १०५० जनाको कोटा निर्धारण गरेको छ । यस वर्ष कृषिमा तीन हजार र उत्पादनमूलक क्षेत्रमा सात हजार ५० जना गरी १०५० परीक्षार्थी छनोट हुनेछन् । सीप परीक्षणमा कति छनोट गर्ने भन्नेबारे चाहिँ टुङ्गो लाग्न बाँकी रहेको ईपीएस शाखाका सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?