गोरखापत्र सञ्चालक सदस्यमा पोख्रेल र धमला मनोनयन
गोरखापत्र अनलाइन
चैत्र २६, २०७८ शनिबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चैत २२ गतेको निर्णयअनुसार गोरखापत्र संस्थानको सञ्चालक समितिको सदस्यमा पत्रकारद्वय सचिन पोख्रेल र चामप्रसाद धमला (चेतन धमला) मनोनयन हुनुभएको छ । गोरखापत्र संस्थान ऐन, २०१९ अनुसार, उहाँहरूको कार्यकाल चार वर्षको हुने मन्त्रालयले जनाएको छ । सदस्यद्वय पोख्रेल र धमला लामो समयसम्म पत्रकारिता क्षेत्रमा कार्यरत हुनुहुन्छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१ स्थायी बसोबास...