नागरिक स्वास्थ्य सेवा केन्द्रकाे ऊर्जामन्त्री भुसालद्वारा उद्घाटन
गोरखापत्र अनलाइन
चैत्र २४, २०७८ बिहीबार
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र थेरापी सेन्टरको सुरुवात गर्नुभएकाे छ । ललितपुर महानगरपालिका, खोकनामा बिहीबार आयोजित एक कार्यक्रममा उहाँले वडावासीको स्वास्थ्योपचार सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।