भूस्खलन रोक्न चुरे र खहरेमा तटबन्ध निर्माण
गोरखापत्र अनलाइन
चैत्र २५, २०७८ शुक्रबार
राष्ट्रपति चुरे तराई/मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ जनकपुरले चुरेको नदीजन्य पदार्थलाई चुरेमै रोक्न बाँध (चेक ड्याम) निर्माणमा तीव्रता दिएको छ ।
जनकपुर एकाइले माटो, बालुवा तथा गेगरलाई चुरेमै रोक्न आफ्नो कार्य क्षेत्रभित्र पर्ने धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली जिल्लाको चुरे क्षेत्रमा पर्ने खहरे खोलामा बाँध निर्माण कार्यलाई तीव्रता दिएको हो ।