अतिक्रमण गर्दै जग्गा बेच्दै
गोरखापत्र अनलाइन ,
मंसिर ३०, २०७६ सोमबार
सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण भइरहेका छन् । केही वर्ष अघिसम्म सिसौले भरिएको पलोट क्षेत्रमा अहिले घर निर्माण गर्नुका साथै मकै, तोरी, बेसार लगायतका बाली र तरकारी खेती भइरहेको छ ।