बस दुर्घटनाबाट म निकै भावुक भएँ हिजो खाना खान र सुत्न पनि सकिनँ
गोरखापत्र अनलाइन ,
मंसिर ३०, २०७६ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनुभएको छ । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त्री ओलीले गृह तथा भौतिक मन्त्रालयका पदाधिकारीलाई आज प्रधानमन्त्री निवासमा बोलाएर त्यस्तो निर्देशन दिनुभएको हो ।