त्रिविले प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गर्नु पर्छ :सहकुलपति
गोरखापत्र अनलाइन ,
पुष ३, २०७६ बिहीबार
त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभएको छ ।
पैँतालिसौँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेपालको उच्च शिक्षाको विकासमा त्रिविले खेलेको भूमिकाको सराहना गर्दै त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो ।