गृहमन्त्रीद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्तिसुरक्षा र कोभिडबारे चासो
रासस
माघ १७, २०७८ सोमबार
गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गर्नुभएको छ ।
गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो । उहाँले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९...