कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोत कार्यालय बन्द
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
मालपोत कार्यालय तनहुँमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा पाँच दिनका लागि स्थगित गरिएको छ। माघ १६ देखि २१ गतेसम्मको लागि सेवा प्रवाह बन्द गरिएको कार्यालयले जनाएको छ।
केही कर्मचारीमा सङ्क्रमण भएको कार्यालयमा समेत सेवाग्राहीको अवस्थामा भीड बढेपछि सेवा स्थगित भएको हो। प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा पाँच दिनका लागि सेवा बन्द गरिएको जानकारी गराइएको छ।