महिला हिंसा रोक्न सामूहिक प्रयासको खाँचो : मन्त्री थापा
रासस
कार्तिक १५, २०७६ शुक्रबार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताउनुभएको छ ।
मुलुकको पुनःसंरचनासँगै सङ्घ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक रहेकाले तीनै तहको सरकारसँगै स्थानीय समुदायको समेत सहभागितामा हिंसा न्यूनीकरण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।