अनुगमन कर्मकाण्डी भएको गुनासो
गोरखापत्र अनलाइन ,
आश्विन ३०, २०७६ बिहीबार
गाउँघरमा दशैँ मनाएर काठमाडौँ फर्किएका यात्रु राजमार्गका होटल, रेस्टुरेन्टदेखि (खुद्रा किराना) पत्रु पसलबाट चर्को ठगीमा परेका छन् । राजमार्गका होटल वा रेस्टुरेन्टवालाले देख्दै बासी, सडेका तथा झिँगा भन्केका र म्याद गुज्रिएका खानेकुरालाई जति मूल्य भने पनि यात्रु तिर्न बाध्य भएका छन् ।